Street View का कथाहरूबाट प्रेरणा लिनुहोस्
जान्जिबार
Street View का विश्वसनीय फोटोग्राफरहरूको समूह “World Travel in 360 (WT360)” ले परियोजना जान्जिबार (अर्थात्, जान्जिबारका स्थानहरू नक्सामा राख्न यो समूहले तान्जानियाली सरकारसँग मिलेर गरेको संयुक्त पहल) का बारेमा गरेको कुराकानी हेर्नुहोस्। Federico Debetto, Nickolay Omelchenko र आर्किपेलागोको नक्साङ्कनका लागि आधार तयार गर्न, Street View को फोटोग्राफीसम्बन्धी स्थानीय नागरिकहरूलाई शिक्षा दिन र समुदायले आफै परियोजनालाई निरन्तरता दिन सकोस् भन्नाका खातिर समुदायका लागि दिगो मोडेल बनाउन तान्जानियाको यात्रा गरे।
म्यानमार
Nyi Lynn Seck र 3XVIVR Productions का उनका सहकर्मीहरूको अद्भुत काम झल्काउने यो भिडियो हेरेर म्यानमारबारे जानकारी पाउनुहोस्। 3XVIVR ले Street View मार्फत म्यानमारलाई डिजिटल स्वरूपमा लैजाने र त्यस देशको सांस्कृतिक सम्पदालाई ३६० डिग्रीका फोटो तथा भिडियोहरूमा संरक्षण गर्ने उद्देश्यले आफ्नो विशेष परियोजनामा धेरै समय र मेहनत समर्पित गरेको छ।
जिम्बाब्वे
Street View मार्फत जिम्बाब्वेको नक्साङ्कन गरिएको विषयमा Tawanda Kanhema को आत्मवृत्तान्त सुन्नुहोस्। Tawanda Google नक्सामा आफ्नो देशको राजधानी सहर हरारे तथा अन्तर्राष्ट्रिय पर्यटकको गन्तव्यका रूपमा प्रख्यात भिक्टोरिया झरनाको फोटो Street View मा राख्ने लक्ष्य लिएर आफ्नो गृहदेश जिम्बाब्वे फर्के। उहाँले जिम्बाब्वेका अन्य महत्त्वपूर्ण स्थानहरू समावेश गर्न हालसालै आफ्नो परियोजना विस्तार गर्नुभएको छ।
केन्या
केन्याको नक्साङ्कन गरिरहेका केही स्थानीय मार्गदर्शक र Street View का विश्वसनीय फोटोग्राफरहरूलाई भेट्नुहोस्। केन्याको असाधारण सुन्दरताको अनुभव लिन चाहने विश्व समुदायलाई मद्दत गर्ने उहाँहरूको चाहनाले उहाँहरूलाई सीधै यो लक्ष्य हासिल गर्ने अन्तिम संयन्त्रका रूपमा रहेको Street View सम्म डोर्याएको छ।
आर्मेनिया
गैरनाफामूलक संस्था Armenia360 का संस्थापकमध्येका एक Joe Hacobian को आत्मवृत्तान्त सुन्नुहोस्। Joe ले लन्डनमा आयोजित Street View शिखर सम्मेलन २०१९ मा आफ्ना पूर्वजहरूको प्राचीन भूमि नक्साङ्कन गर्ने आफ्नो टोलीको यात्राका बारेमा बताउनुभएको छ। यो कथा Street View को सहायताले कसैलाई महत्त्वपूर्ण ठाउँहरू नक्सामा राख्न कसरी सशक्त बनाउन सकिन्छ भन्नेबारेको एक कथा हो।
बर्मुडा
गन्तव्यको बजारीकरण गर्ने संस्था बर्मुडा पर्यटन प्राधिकरणले Street View को विश्वसनीय एजेन्सी Miles Partnership लाई कसरी Street View मा राख्ने फोटोहरू सङ्कलन गर्ने जिम्मा दियो भन्नेबारेमा जान्नुहोस्। Miles Partnership ले बर्मुडा पर्यटन प्राधिकरणलाई Google Maps नक्सामा अझ सशक्त रूपमा उपस्थिति जनाउन र स्थानीय व्यवसाय पत्ता लगाउन गरिने खोजलाई बढावा दिन मद्दत गर्नुका साथसाथै पर्यटकहरूलाई बर्मुडा यात्रा गर्ने योजना बनाउँदा (वा सोबारे daydream गर्दा!) बर्मुडाको भर्चुअल अन्वेषण गर्न पनि मद्दत गरे।
टोङ्गा
Grid Pacific का संस्थापकद्वय Tania Wolfgramm र Wikuki Kingi टोङ्गाको नक्साङ्कन गर्दाको आफ्नो यात्राको इतिवृत्ति यसरी गर्नुहुन्छ। टोङ्गाको संस्कृति र अन्य प्रशान्त द्वीपसमूहको प्रचारप्रसार गर्न उहाँहरूले पूरै द्वीपसमूह नक्साङ्कन गरी त्यसलाई Street View मा राख्ने महत्त्वाकाङ्क्षी योजना सुरु गर्नुभयो। उहाँहरूको रोचक कथा सुन्नुहोस्।