फोटोग्राफीका स्रोतहरू
सडक दृश्यका तस्बिरहरू Google र हाम्रा योगदानकर्ताहरू गरी दुई स्रोतहरूबाट प्राप्त हुन्छन्।
हाम्रो सामग्री
Google को स्वामित्वमा रहेका सामग्रीमा "सडक दृश्य" वा "Google नक्सा" लाई श्रेय दिइएको हुन्छ। हामी आफ्नो इमेजरीमा अनुहार र नम्बर प्लेटहरूलाई स्वतः अस्पष्ट पार्द छौँ।
अन्य योगदानकर्ताहरूको सामग्री
प्रयोगकर्ताले योगदान पुर्याएका सामग्रीसँगसँगै क्लिक/ट्याप गर्न मिल्ने खाताको नाम र केही अवस्थाहरूमा प्रोफाइल तस्बिर पनि समावेश हुन्छ।
Google ले तपाईंसामु सडक दृश्य ल्याउने तरिका
सडक दृश्यको इमेजरी आदान प्रदान गर्न हाम्रो इन्जिनियरको टोलीले पर्दा पछाडिबाट कडा मेहनत गरिरहेका छन्। सडक दृश्यलाई तपाईंसामु ल्याउन यस टोलीले गरिरहेको कार्यका केही झलकहरू यहाँ प्रस्तुत गरिएका छन्।
-
चरण १
इमेजरीको सङ्कलन कार्य
स्थानहरूलाई सडक दृश्यमा देखाउनका लागि सर्वप्रथम हामीले ती स्थानका वरपर गाडी कुदाउँदै तस्बिरहरू खिच्नु पर्ने हुन्छ। हामी सकेसम्म उत्कृष्ट इमेजरी खिच्न सकिने समय र स्थान निर्धारण गर्न विभिन्न क्षेत्रका मौसम तथा जनघनत्वका साथै अन्य धेरै कारक तत्त्वहरूलाई नजिकबाट नियाल्छौँ।
-
चरण २
पङ्क्तिबद्ध इमेजरी
हरेक छविलाई नक्सामा त्यसको भौगोलिक स्थानसँग मिलाउन हामी कारमा रहेको GPS, गति र दिशानिर्देशन मापन गर्ने सेन्सरहरूबाट प्राप्त सङ्केतहरूलाई संयोजन गर्छौँ। यस कार्यले हामीलाई कारको वास्तविक मार्ग पुनर्निर्माण गर्न र आवश्यकताअनुसार छविहरूलाई ढल्काउन र पङ्क्तिबद्ध गर्न मद्दत गर्छ।
-
चरण ३
तस्बिरहरूलाई ३६० डिग्रीका तस्बिरहरूमा बदल्ने कार्य
३६० डिग्रीका तस्बिरहरूका बीचमा खाली ठाउँ देखिन नदिन निकटस्थ क्यामेराहरूले थोरै खप्टिएका तस्बिरहरू खिच्छन्, त्यसपछि हामी ती तस्बिरहरूलाई 'स्टिच गरेर' ३६० डिग्रीको सिङ्गो छवि बनाउँछौँ। त्यसपछि हामी "जोडेको ठाउँमा देखिने धर्साहरू" कम गर्न र उक्त ठाउँ चिल्लो पार्न छवि प्रशोधन गर्ने विशेष एल्गोरिदमहरू प्रयोग गर्छौँ।
-
चरण ४
तपाईंलाई सही छवि देखाउने कार्य
कारका तीनवटा लेजरहरू वस्तुका सतहमा ठोक्किएर परावर्तन हुन लाग्ने समयले हामीलाई कुनै भवन वा वस्तु कति दूरीमा छ भन्ने जानकारी दिन्छ र हामी उक्त जानकारीको प्रयोग गरी 3D मोडलहरू निर्माण गर्न सक्छौँ। तपाईं टाढा रहेको क्षेत्रमा जाँदा, 3D मोडलले तपाईंलाई उक्त स्थान देखाउनका निम्ति उत्कृष्ट पानोरामा निर्धारण गर्छ।

हामी जाँदै गरेको ठाउँ
हामी तपाईंसामु तपाईंको अनुभवको परिष्कार गर्ने र तपाईं वरपरको दुनियाँ पत्ता लगाउने इमेजरी पस्कन सडक दृश्य कारमार्फत विभिन्न देशहरूको यात्रा गर्दै छौँ। हामीले अर्को पटक सवारी चलाउने वा पदयात्रा गर्ने देशहरूको सूची हेर्नुहोस्।
| क्षेत्र | जिल्ला | समय |
|---|---|---|
| {[value.region]} | {[value.districts]} | {[value.datestart| date:'MM/yyyy']} - {[value.dateend| date:'MM/yyyy']} |
हाम्रो नियन्त्रणबाहिरका कारक (मौसम, बन्द सडक, आदि) हरूले गर्दा हाम्रा कारहरू नचल्ने वा यिनीहरूको सञ्चालन प्रक्रियामा परिवर्तन हुने सम्भावना सधैँ रहन सक्छ। कृपया सूचीमा कुनै निश्चित सहर उल्लिखित भए तापनि, यसमा गाडीबाट जान सकिने दूरीमा रहेका साना सहर र नगरहरू पनि समावेश हुन सक्छन् भन्ने कुरा पनि ध्यानमा राख्नुहोस्।
हामी गएका ठाउँहरू
नक्सामा भएका नीला क्षेत्रहरूले सडक दृश्य उपलब्ध क्षेत्रहरू देखाउँछ। अझ विस्तृत विवरणका लागि जुम इन गर्नुहोस् वा हाम्रो वेबसाइट र अनुप्रयोगहरूमा यस सामग्रीलाई ब्राउज गर्नुहोस्।
Google को सडक दृश्यको फ्लिट
हाम्रो सडक दृश्यको फ्लिटमार्फत ब्राउज गर्नुहोस्।
-
सडक दृश्य खिच्ने कार
यो सुविधा पहिलो पटक सन् २००७ मा सं. रा. अमेरिकाबाट आरम्भ गरेयता हामीले धेरै प्रगति गरेका छौँ; आजका मितिमा हामीले हाम्रा ३६० डिग्रीका तस्बिरहरूलाई सबै सातवटा महादेशका स्थानहरू समावेश हुने गरी विस्तार गरेका छौँ।
-
सडक दृश्य खिच्ने ट्रेकर
ट्रेकरको मद्दतले सडक दृश्यले कार, ट्राइक, ट्रली वा स्नोमोबाइल जान नसक्ने विश्वका थप ठाउँहरू पनि देखाउन सक्छ। यो पहिरनयोग्य ब्याकप्याकको माथिको भागमा क्यामेरा प्रणाली जोडिएको हुन्छ र यसलाई सजिलैसँग बोक्न सकिने हुनाले हामीले पैदल यात्राबाट मात्र पुग्न सकिने अप्ठेरो, साँघुरो ठाउँ वा स्थानहरूमा गएर छविहरू संकलन गर्न सक्छौं। यो क्यामेरा प्रविधि प्रयोग गरेर खिचिएको हाम्रो पहिलो सङ्ग्रह एरिजोनाको ग्रान्ड क्यान्यनको अप्ठ्यारो र चट्टानी भूभागमा खिचिएको थियो।
-
सडक दृश्य खिच्ने ट्रली
जब Google का कलाप्रेमी कर्मचारीहरूको एक समूहले सडक दृश्य प्रविधिलाई विश्वभरका सङ्ग्रहालयमा लैजाने चाहना राखे हामीले सङ्ग्रहालयको प्रवेशद्वारबाट सजिलैसँग भित्र लैजान सकिने र मूर्तिकलाहरूको वरिपरि चलाउन मिल्ने खालको एउटा प्रणाली विकास गर्नु परेको थियो। भवन भित्र गरिएको यो पहिलो प्रारम्भिक प्रयत्नले सबै आवश्यक उपकरणलाई अझ सानो फ्रेममा अटाएको थियो: क्यामेरा प्रणाली जडित एउटा ठेल्ने गाडा जसलाई ट्रली नाम दिइयो। यसले सङ्ग्रहालयभित्रबाट मात्र नभई ह्वाइट हाउस तथा खेलकुद रङ्गशालालगायतका अन्य भित्री स्थानबाट पनि दृश्यहरू सङ्ग्रह गरेको छ।
-
सडक दृश्य खिच्ने स्नोमोबाइल
सडक दृश्य खिच्ने क्यामेराहरू लैजान रमाइलो होला भन्ने हामीलाई लागेको अर्को ठाउँ भिराला सतहमा पर्छ। हाम्रो टोलीले केही सप्ताहान्तभित्रमै २x४ का केही काठ, डक्ट टेप र स्की ज्याकेटमा बेरेर एकदमै चिसो खप्न सक्ने बनाइएका अतिरिक्त हार्ड ड्राइभहरूको प्रयोग गरी सडक दृश्य खिच्ने उपकरणलाई स्नोमोबाइलमा सफलतापूर्वक जोड्न सक्षम भयो। स्की गर्ने, स्नोबोर्डिङ गर्ने र हिमजुत्ता लगाउने मान्छेहरू अब ह्विस्लर ब्ल्याककम्ब हिमालका साथै वरपरका रिसोर्टहरूले ओगटेका र हिउँले ढाकिएका पहाडी भूभागको अन्वेषण गर्न सक्छन्।
-
सडक दृश्य खिच्ने तीन पाङ्ग्रे गाडी
हामीले साँघुरा सडक भएका सहरहरूमा प्रयोग गर्नका निम्ति सडक दृश्य खिच्ने ट्रेकर बोक्ने क्षमता भएको गाडी खोज्नु परेको थियो। इन्डोनेसियाका केही साँघुरा गल्लीहरू छिचोल्न, हाम्रो टोलीले Selis Robin मोटरसाइकल अत्यन्तै उपयोगी हुने कुरा पत्ता लगायो। प्रस्तुत छ, सडक दृश्य खिच्ने तीन पाङ्ग्रे गाडी। सडक दृश्य खिच्ने ट्रेकरलाई थप स्थिरता प्रदान गर्नका निम्ति यो गाडीकै लागि भनेर अतिरिक्त डन्डा बनाइएको छ।